काठमाण्डाै – आजदेखि कात्तिक ८ गतेसम्म नारायणघाट–काठमाण्डाै सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन रोकिने भएको हो ।
दशैँको बेला यो रुटमा बढ्ने गाडीको चापलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले ठूला गाडी चलाउन रोक लगाएको हो । विभागका अनुसार आजदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन नपाइने बताइएको छ ।
Advertisement
खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने गाडीलाई भने नरोकिने विभागले जनाएको छ । दशैँमा काठमाण्डाैबाट बाहिर जाने यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको हो । ठूला गाडीले बाटो जाम बनाउने भएकाले दशैँका यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भन्दै यस्ता गाडीलाई रोक लगाइएको विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








