नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सांसदहरू देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
एक स्थायी कमिटी सदस्यका अनुसार बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । मन्त्रालयको विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको उनले बताए । माओवादीको तर्फबाट यस अघि नै नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।
Advertisement
सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । जस अनुसार अर्थ र उर्जा यसअघि नै लिइसकेको छ भने अब शिक्षा, श्रम र भुमी व्यवस्था मन्त्रालय पाउने बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








