हेटौँडा । हेटौँडामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान साढे ६ बजेको समयमा हेटौंडा– ११ बनदेवी मन्दिर नजिकै ४५ वर्षीय यम बहादुर सुवेदी रुखमा झुण्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
मृतक धादिङ जिल्लामा खानीखोला इलाका प्रहरी कार्यालयमा दरवन्दी रहेर हाल बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालकाको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका असइ यम बहादुर सुवेदी झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुवेदीको शव पोष्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








