हेटौंडा । चितवनको भरतपुरमा निर्माणाधिन अवस्थामा अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् ।
प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको बागमतीका मुख्यमन्त्री सालिकराम जमकट्टेलका सल्लाहकार डीपी ढकालले जानकारी दिए ।
उनका अनुसार भरतपुर महानगरले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिटसहित क्रिकेट पिच र मैदान निर्माणको लागी तत्काल ७५ करोड रुपैयाँको टेन्डर आह्वान गर्ने सहमति भएको छ ।
हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गर्न सुरू गरेको यो रङ्गशाला बजेट अभाव भएपछि अहिले अलपत्र छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस