हेटौंडा – नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ राहत सहयोग गरेको छ ।
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी ५० लाख रुपैयाँकाे चेक हस्तान्तरण गर्नुभयो । भेटमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।
Advertisement
यसैबीच सूर्य नेपाल प्रालिले भूकम्प प्रभावितको राहतका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सूर्य नेपालका उपाध्यक्ष रवी केसीले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गर्नुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








