हेटौंडा। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ । बाघको आक्रमणबाट मृत्यु हुनेमा जिल्ला चितवन राप्ती नगरपालिका– १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेल रहेका छन् । आज बिहान करिब सवा १० बजेको समयमा मकवानपुर मनहरी गाउँपलिका– ६ खयर घारी गाउँबाट करिब २ कि।मी।दक्षिण तर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा खर काट्न आएको अवस्थामा पौडेललाई बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








