हेटौंडा – मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र उनको ४ महिनाको नाबालिका छोरीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Advertisement
घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान ३५ वर्षका भीमबहादुर स्याङतान गम्भिर घाइते भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए । सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नंबरको मोटरसाइकल आफै अनियन्त्रीत भएर सडकबाट १२ मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ । घाइते स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








