हेटौडा । नेपालमा रहेको विभिन्न पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
उक्त कार्यालयले एउटा कम्पनी ३ वर्षसम्मका लागि, एउटा २ वर्षसम्मका लागि र अरु तीन कम्पनी १ वर्षसम्मका लागि कालोसूचीमा राखेको जारी सूचनामा उल्लेख छ ।
Advertisement
भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी पुतलीसडक ३ वर्षसम्म कालोसूचीमा परेको छ ।
यस्तै, मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वर २ वर्षसम्मका लागि र शेर्पा/हेना/सुनामी जेभी विदुर–७ नुवाकोट १ वर्षसम्मका लागि कालोसूचीमा राखिइएको हो ।
यसैगरी, कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र इजोन निर्माण सेवा एक÷एक वर्षको लागि कालोसूचीमा राखिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








