हेटौंडा । श्रीलङ्काका विदेशमन्त्री एमयुएम अली साब्री चार दिने औपचारिक भ्रमणका क्रममा आज बुधवार नेपाल आउनुभएको छ । नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यही पुस ५ र ६ गते काठमाण्डाैमा आयोगको बैठक हुँदैछ । विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नुहुनेछ । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुहुनेछ ।
Advertisement
भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । विदेशमन्त्री साब्री पुस ७ गते काठमाण्डाैबाट कोलम्बोका लागि प्रस्थान गर्नुहुनेछ ।उज्यालो अनलाइन।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








