हेटौंडा । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेकाे छ ।
आज बिहीवार भएकाे खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले हरायाे । गण्डकीले दिएकाे १ सय ३ रनकाे लक्ष्य लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर भेटायाे । लुम्बिनीका लागि लक्ष्मी चाैधरीले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सृष्टि जैसीले २ विकेट लिइन् ।
Advertisement
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनायाे । गण्डकीका लागि सुमन खतिवडाले १८ बलमा नट आउट ३३ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी मधु डीसी, सरस्वती पुन र कमला जीएमले समान १/१ विकेट लिइन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








