हेटौडा । उपभोक्ता हित संरक्षण मञ्च– नेपाल कमिटी मकवानपुरको चौथो जिल्ला अधिवेसन र हेटौंडा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेसन आज सम्पन्न भएको छ ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज श्री अजय अधिकारी ज्यूको प्रमुख आतित्थ्यता र मञ्चका केन्द्रिय उपाध्यक्ष एवम् वागमती प्रदेश इन्चार्ज श्री वासु खतिवडाको विषेश आतित्थ्ता, मञ्चका वागमती प्रदेश अध्यक्ष श्री राम विष्ट लगायतको उपस्थितिमा भएको थियो ।

चौथो जिल्ला अधिवेसनले जुना मल्लको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटिमा उपाध्यक्ष सुजन तिमल्सीना, सचिव सरोज बिडारी, कोषाध्यक्ष कल्पना पराजुली र सदस्यहरुमा, कृष्ण प्रसाद खतिवडा, संगीता कार्की, दिपा खड्का, मिना पराजुली, शान्ती श्रेष्ठ, सरस्वती महतो, राधा खतिवडा, विनोद पौडेल, अच्युत खतिवडा, सगुन सिवाकोटी र सर्मिला अधिकारीलाइ चयन गरेको छ।
मञ्चको उपमहानगर कमिटि पुर्ण रूपले महिला कमिटि बनेकाे छ। गीता मैनालीको अध्यक्षतामा १३ सदस्यीय कमिटिमा उपाध्यक्ष मिठु माया स्याङ्तान, सचिव विष्णुमाया लामा, कोषाध्यक्ष संगीता रेग्मी, सदस्यहरुमा निर्मला सिवाकोटी, उर्मीला राना, जुनु श्रेष्ठ, रिता भुजेल, सुजता न्यौपाने, गंगा राजथला, सुनिता लामा, श्रृजना बर्तौला उर्मिला भ्लोन रहनु भएको छ।

कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष श्री मदन रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।








