हेटौंडा/मकवानपुरगढी जेसीज वर्ष सन् २०२४ को अध्यक्ष पदमा विजय पुडासैनी सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको मकवानपुरगढी जेसीजको अधिवेशनबाट पुडासैनीको अध्यक्षतामा नयाँ कार्य समिति बनेको हो ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुनिलप्रसाद सुवेदी र सुनिल पाख्रिन चयन भएका छन् ।
Advertisement
यसैगरी मकवानपुरगढी जेसीजको उपाध्यक्षमा मनोज देवकोटा, रोहित पुडासैनी, प्रवेश सापकोटा र भरतमोहन देवकोटा चयन भएका छन् ।
मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली जेसीज वर्ष २०२४ का राष्ट्रिय महासचिव सरोज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







