मानव अधिकार संरक्षण सवद्र्धनमा सरोकारवालासँगको समन्वय र सहकार्य बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मकवानपुरमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा भएको कार्यक्रममा मानव अधिकारका बिषयमा जोडिएका बिषयहरुमा छलफल भएको थियो ।
मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा मानव अधिकार आयोगकी प्रमुख उपसचिव सर्मिला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाहरुले मानव अधिकारका घटनाहरुको बारेमा जानकारी गराएका थिए । साथै, मानव अधिकार उल्ल्घंनका घटना न्यूनिकरणका लागि संघ संस्थाले गरेका पहल तथा नियन्त्रण हुन नसकेका प्रतिनिधि घटनाहरुको बारेमा जानकारी गराएका हुन् ।
जिल्लामा रहेका बालबालिका सम्बन्धिको घटना, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका घटना, अपांगता भएकाहरुको समस्या तथा घरेलु हिंसाका घटनाहरुले समाजमा पारेका प्रभावका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेकी मानव अधिकार आयोगको प्रमुख सहसचिव सर्मिला शर्माले मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी आएको बताइन् । उनले मानव अधिकारसँग सम्बन्धित संघ संस्थाहरुको पहलकदमीले गर्दा यस्ता घटनाहरुमा कमी आएको बताउँदै यसलाई अझ तीव्रता दिन आवश्यक रहेको बताइन् ।
यस्तै, मानव अधिकार आयोग बागमती प्रदेशकी निमित्त प्रमुख रेवा रेग्मीले मानव अधिकार उल्लंघनका घटना भएको पाइएमा मानव अधिकार आयोगको कार्यालयमा जानकारी गराउन अनुरोध गरिन् । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, बाल हेल्प लाईन (सिविन) का कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, गैर सरकारी संस्था बागमती प्रदेशकी अध्यक्ष आरती पाठक, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा, हिमराइट्स मकवानपुरकी कुमारी वाइबा, फ्रेण्ड्स हेटौंडाकी संयोजक किरण थापा लगाएतको उपस्थिती रहेको थियो ।








