मकवानपुर – चैनपुर जेसीज बर्ष सन् २०२४ को अध्यक्षमा रबिन ढकाल चयन भएका छन् । शनिबार भएको जेसीजको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
Advertisement
जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुरेश गौतम र महेश हटुवाल, उपाध्यक्षमा हरिशरण शिवाकोटी, उज्वल बिष्ट, नवराज रिजाल र जयराम रिजाल चयन भएका छन् । सबै पदमा सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त चैनपुर जेसीजको मातृशाखा पर्साखैरहनी जेसीज २०२१ का अध्यक्ष रमेश पराजुलीले जानकारी दिए । अध्यक्षमा चयन भएका ढकालले सबैलाई समेट्दै आफ्नो कार्यकाल नमूनालायक बनाउने बताए ।
चैनपुर जेसीज नयाँ शाखा भएकोले तालिमसँगै युवाहरुको नेतृत्व र व्यक्तित्व विकास तथा सामाजिक कार्यलाई निरन्तरता दिने उनको भनाई थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







