हेटौंडा/बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले हेटौँडा-१४ स्थित भृकुटी माध्यमिक विद्यालयको अनुगमन गरेका छन्। उनले विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिएका छन ।
Advertisement
मन्त्री लामाले शिक्षक र विद्यार्थीलाई नमुना विद्यालय बनाउन आग्रह गरेका छन् । १८ करोडमा निर्मित अपाङ्गमैत्री भवन, कम्प्युटर ल्याबलगायतका सुविधा भएको विद्यालयमा ३५० विद्यार्थी अध्ययनरत छन्।
विद्यालय अनुगमनमा मन्त्री लामालाई विद्यालयका प्रधानाध्यापक अच्युतकृष्ण रिजाल एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार मोक्तानले विद्यालयका बारेरमा बिस्तृत जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








