सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडाको आयोजनामा बागमती प्रदेश प्रहरी प्रमुख विष्णुकुमार केसीको स्वागत तथा शान्ति सुरक्षाबारे छलफल एवं प्रमाणपत्र वितरण कार्यक्रम भएको छ।
कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बिष्टले गर्नुभयो। बागमती प्रदेश प्रहरी प्रमुख विष्णुकुमार केसी प्रमुख अतिथि थिए।
Advertisement
कार्यक्रममा प्रहरी प्रमुख केसीले शान्ति सुरक्षाका लागि सामुदायिक सेवा केन्द्रको भूमिकाको प्रशंसा गर्दै यस केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








