रेडियो मकवानपुर र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले हेटौँडाको ओम बृद्धाश्रमलाई खाद्यान्न र नगद सहयोग प्रदान गरेका छन्।
यो सहयोग सहकारीको २६ औं स्थापना दिवस र रेडियोको १४ औं वार्षिकोत्सवको अवसरमा दिइएको हो।
रेडियो मकवानपुरले बृद्धाश्रमलाई ५ हजार २५ रुपैयाँ नगदसहित चामल, दाल, तेल लगायतका खाद्यान्न दिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा २ अध्यक्ष बिष्णु गोपाल महर्जनले रेडियोलाई सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा खुसी व्यक्त गरेका छन्।
बृद्धाश्रम राम्ररी सञ्चालन भएको तर अख्तियारमा उजुरी परेकाले यस पटक बजेटको व्यवस्थापन गर्न नसकिएको महर्जनले बताए ।
कार्यक्रमका अतिथि वडा अध्यक्ष एबम् उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले बृद्धाश्रमलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।
रेडियो मकवानपुरका अध्यक्ष आनंदराम पराजुलीले आगामी दिनमा पनि सहयोग कार्यक्रम निरन्तरता दिने बताए।
सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न पदाधिकारी र प्रतिनिधिको उपस्थिति रहेको थियो।
२०६४ सालदेखि सञ्चालनमा रहेको बृद्धाश्रममा हाल २५ जना आश्रित रहेका छन्। विभिन्न सहयोगी संघसंस्था र व्यक्तिको सहयोगमा बृद्धाश्रम सञ्चालन हुँदै आएको छ।








