घरजग्गा कारोबार गर्न अब अनिवार्य रूपमा इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ। मालपोत ऐन संशोधन गरी यो व्यवस्था ल्याइएको हो।
बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।
Advertisement
बिना लाइसेन्स घरजग्गा कारोबार गरेमा २५ लाख जरिवाना वा ६ महिना कैद सजाय हुनेछ।
सरकारले तोकेको क्षेत्र र क्षेत्रफल/रकमभन्दा बढी कारोबारमा लाइसेन्स अनिवार्य गरिएको हो।
यसले घरजग्गा क्षेत्रको व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







