हेटौंडा-१४ का स्थानिय बासिन्दा रामबहादुर रुम्बाले आफ्ना आमा, बुवा र दाजुको स्मृतिमा एक प्रतीक्षालय निर्माण गरेका छन्। उनले आमा केशरी, बुवा सुनलाल र दाजु जितबहादुरको स्मृतिमा हेटौँडा-१४ स्थित कालोपानी चोकमा प्रतीक्षालय बनाएका हुन्।
Advertisement
लगभग १ लाख ५० हजारको लागतमा निर्माण गरिएको प्रतीक्षालयको उद्घाटन हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले गरेकी छन्। उद्घाटनपछि प्रमुख लामाले सामाजिक कार्यले शहर विकासमा मद्दत पुर्याउने बताइन्। उनले रुम्बा परिवारलाई धन्यवाद दिइन्। प्रमुख लामाले भविष्यका योजना र प्रतीक्षालयको महत्वबारे जानकारी पनि दिइन । 
निर्मित प्रतीक्षालय कालोपानी, उत्तरपानी र बाँडाचौर जाने बाटोको मध्य भागमा पर्छ। यसले तीनतिरबाट आउने यात्रुलाई विश्रामका लागि सहज हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








