हेटौंडा/ ईन्द्रसरोवर गाउँपालिका-२, गोलढुंगास्थित हेटौंडा-काठमाडौं सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा९०प ३६०४ नम्बरको मोटरसाइकल सडकबाट झण्डै १५० मिटर तल खस्दा चालक ४५ वर्षीय राजेन्द्र पिठाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
Advertisement
प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले उनलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








