हेटौंडा/नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनका लागि हेटौंडामा दिए दिन अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
आगामी फागुन ५ र ६ गते हेटौंडा स्कुअफ म्यानेजमेन्टको मुख्य आयोजनामा बिभीन्न संघसंस्थाहरुको सहआयोजना र साझेदारीमा सम्मेलन गर्न लागिएको म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशीले बताउनुभयो । सम्मेलनमा विभिन्न ५ देशका विज्ञहरू सहभागी हुनेछन्।
सम्मेलनका प्रमुख आयोजक हेटौंडा स्कुअफ म्यानेजमेन्टका प्रमुख जोशीका अनुसार सम्मेलनले सीप र ज्ञान अभिवृद्धि, मानव संसाधन विकास र अन्तर क्षेत्र सहयोगलाई प्राथमिकता दिनेछ।
हेटौंडामा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा ५ वटा देशका विज्ञहरू र २५ जनाभन्दा बढी नेपाली उद्यमीको सहभागिता रहने जनाइएको छ।
सम्मेलनका आयोजक हेटौंडा स्कुअफ म्यानेजमेन्टका अनुसार विदेशी विज्ञहरूसँगको छलफल र नेपालका उद्यमीहरूसँगको नेटवर्किङको अवसर प्रदान गर्न लागिएको हो।
सहआयोजन गरेका उद्योग संघका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले यस्ता कार्यक्रमले नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा नयाँ ज्ञान आदानप्रदान हुने विश्वास लिएको छ।








