हेटौँडा/ जिल्ला प्रशासन कार्यालयको सभाहलमा पशु सेवा कार्यालय, मकवानपुरले आयोजना गरेको “पशुपन्छी रोग नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रम पशु सेवा कार्यालयका प्रमुख ब्रज किशोर ठाकुरको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख ललित घलानको प्रमुख आतिथ्मा भएको थियो।
कार्यक्रम पशु सेवा कार्यालय प्रमुखको संयोजकत्वमा भएको छलफलमा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। खोरेट, पिपिआर, अफ्रिकन स्वाइन फिभर, रेबिजजस्ता रोगबारे छलफल गरिएको थियो।
पशु सेवा कार्यालयका प्रतिनिधिहरूले पशुरोगको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। कार्यक्रममा सहभागीहरूले रोग नियन्त्रणका लागि सुझावसमेत राखे उद्देश्य पशुपन्छी रोग नियन्त्रणमा सरोकारवालाहरूबीच अन्तरक्रिया गर्नु र त्यसका निम्ति के गर्न सकिन्छ भन्ने थियो। सरोकारवालाहरुले पशुमा लाग्नु रोगको लागि अगाडिनै सतर्क रहनु पर्ने बताएका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख पत्रकार, पशुविज्ञ, पशुपन्छी औषधि व्यापारी लगायतको उपस्थिति रहेको थियो।








