हेटौँडा/किसानहरुको गुनासोका कारण ४०० किसानको माटो परीक्षण गरिएको छ।
किसानहरुले माटोको गुणस्तरमा सुधार ल्याउन माटो परीक्षण आवश्यक रहेको गुनासो अनुसारनै हेटौँडा उपमहानगरपालिका वडा १८ का अध्यक्ष अनिल बानियाँले ४०० किसानको माटो परीक्षण गरिएको जानकारी दिएका छन।
Advertisement
किसानहरुले माटोमा अम्ल झिकिएर मलको असर नभएको आशंका गरेपछि प्रदेश सरकार र हेटौंडा उपहानगरपालिकाको संयुक्त आयोजनामा माटो परीक्षण कार्यक्रम गरिएको बताए।
किसानहरुले माटोको गुणस्तरमा सुधार ल्याउन माटो परीक्षण आवश्यक रहेको गुनासो गरेका थिए।
माटो परीक्षणपछि आएको नतिजा अनुसार माटोको उर्वरा शक्तिमा के गर्नुपर्ने भन्ने निष्कर्षका आधारमा फेरि माटोलाई उर्वरा बनाएर आय आर्जनमा जोड दिने बानियाँले बताए।
किसानहरुलाई थप मार्गदर्शन गर्ने र सुधारका उपायहरु अपनाउने बानियाँको भनाइ छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








