हेटौंडा/राक्सिराङ गाउँपालिकाले व्यवसायिक पशुपालन प्रवर्धन तथा उन्नत जातको गाईपालन अनुदान कार्यक्रम अन्तर्गत ११ वटा बोयर बोका र १० वटा जर्सि गाई वितरण गरेको छ।
राक्सिराङ गाउँपालिकाले विपन्न वर्गका परिवारको लागि यो अनुदान स्वरूप प्रदान गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्।
Advertisement
गाईको पूर्ण बिमा गरिएको छ,कुनै आवश्यक समस्या परेमा पशुपन्छी विकास शाखालाई खबर गर्न सक्ने बताएका छन्। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, वडा नम्बर ३ को अध्यक्ष उत्तम वाईबा, सचिब भावना कडेल लगायतको आतिथ्यता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







