हेटौंडा/स्थानीय तहमा वैदेशिक रोजगार सम्बन्धी तथ्यांक संकलन गर्न दुई दिने कार्यक्रम सम्पन्न भएको छ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत हेटौँडामा भएको कार्यक्रममा स्थानीय तहलाई वैदेशिक रोजगारको तथ्यांक संकलन र व्यवस्थापनमा सहयोग गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा १९ वटा पालिका क्षेत्रका तथ्यांक संकलन कर्तालाई वैदेशिक रोजगारको तथ्यांक संकलन तथा व्यवस्थापन सम्बन्धी तालिम दिइएको थियो। सहज रुपमा तथ्यांक संकलन गर्ने तरिकाबारेमा सिकाइएको थियो।
तालिममा सहभागि भएका कर्तालाई तथ्याङ्क संकलन गरिएको बेला आई पर्ने समस्या र चुनौती बारे जानकारी दिँदै,वैदेशिक रोजगारको वर्तमान अवस्था, चुनाैती तथा अवसरबारे परियोजनाका सहजकर्ता उमा पाैडेलले सहजीकरण गरेकी थिइन्।
यस्तै मुख्य सवालहरु र सुरक्षित आप्रवासन कार्यविधिमा भएको व्यवस्थाहरुको कार्यान्वयनको अवस्था साथै एकीकृत श्रम तथा रोजगार सम्बन्धि सेवा प्रवाहका लागि स्थानीय सरोकारवालाले गरेका अभ्यास र सिकाईबारे सहजकर्ता भक्त राईले सहजीकरण गरेका थिए।
मकवानपुरमा भएको उक्त कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रममा (सामी) की परियोजना अधिकृत अंजिता थापा मगर उपस्थिति समापन भएको थियो।








