निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकामा पुल निर्माणमा अवरोध गर्ने स्थानीय पाँच राजनीतिक दलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस जेभीसँग कानुनीरुपमा बागमती प्रदेशसभा सदस्य माननीय इन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति हामी खेद प्रकट गर्न चाहान्छौं ।’
संघ अध्यक्ष बालगोपाल कडेँलद्वारा जारी विज्ञप्तिमा पक्की पुल निर्माण कम्पनी हिराचन–बानियाँ जेभीले चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको, गाउँपालिकासँग पुल निर्माण सम्पन्न गर्ने सम्झौताको मिति बाँकी नै रहेको अवस्थामा राजनीतिक आवरणमा विनाआधार सम्बन्धि पक्षसँग छलफल र समन्वय नगरी गरिएको विरोधको यस संघ भत्सर्ना गर्ने बताए ।
संघका अनुसार, पुल निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र नै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। तर, राजनीतिक दलको विरोधले पुल निर्माणमा अवरोध सिर्जना भएको उल्लेख गरिएको छ।







