हेटौँडा/मकवानपुरमा भोलि (मंगलबार) देखि पीपीआर रोगविरुद्धको खोप अभियान सुरु हुने भएको छ।
Advertisement
जिल्लाका १० स्थानीय तहमा ७० जना खोपकर्ताले १२० खोप केन्द्रमा फागुन १६ देखि २२ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको छ। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको प्रतिनिधित्व हुनेछ।
बाख्रामा खोप लगाएर कार्यक्रमको औपचारिक शुभारम्भ गरिने पशु स्वास्थ्य शाखाका प्रमुख डा.ब्रज किशोर ठाकुरले जानकारी दिएका हुन्।
भोलि बिहान १० बजे हेटौडा उपमहानगरपालिका १२ बाट खोप अभियानको शुभारम्भ हुने ठाकुरले बताएका छन् ।

आज खोपकर्ता र स्थानीय तहका प्रतिनिधिसँग गरिएको छलफलबाट तयारी पूरा भएको पनि बताए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








