हेटौंडा उपमहानगरपालिका वडा नं. ५, पिप्ले सचेतटोलमा शुक्रवार राती एक वालिकालाई ठक्कर दिएर स्कुटर चालक फरार भएका छन् । हेटौंडा–५ निवासी हरिहर पुडासैनीको छोरी अन्दाजी ७ बर्षिय बिनिसा पुडासैनीलाई स्कुटरले ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
Advertisement
पिप्ले चोक तर्फबाट मास्टर चोक तर्फ जाँदै गरेको नम्बर नखुलेको स्कुटरले घर नजिकै बाटो छेउमा खेली रहेकी बिनिसालाई ठक्कर दिदा टाउकोमा चोट लागेको छ ।
ठक्करबाट गम्भिर घाईते भएकी बालिकालाई उपचारको लागि हेटांैडा अस्पताल लगिएकोमा थप उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ ।
ठक्कर दिने स्कुटर चालक फरार रहेको र स्कुटर चालकको खाजतलास भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








