हेटौंडा/मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित लक्ष्मीनारायण टोलमा शनिबार साँझ एक गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।
Advertisement
स्थानीय ज्ञानेन्द्र बर्तौलाको गाईगोठमा अपरान्ह करिब ४:४५ बजे अचानक आगलागी भएको थियो। गोठभित्र रहेको पराल समेत जलेर नष्ट भएको छ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा साँझ करिब ६:३० बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।स्थानीय प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको बताएका छन।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








