हेटौंडा/रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले धुलिखेलमा २ दिने प्रशिक्षक प्रशिक्षण (टिओटि) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का लागि देशभरका रोट्रयाक्ट क्लबका पदाधिकारी एवं सदस्यहरूलाई रोट्रयाक्ट सम्बन्धी विभिन्न तालिमहरू प्रदान गर्ने उद्देश्यले प्रशिक्षकहरूलाई तालिम दिइएको हो।
फागुन २५ र २६ गते धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा विभिन्न विषयवस्तुमा केन्द्रित गर्दै सैद्धान्तिक, व्यवहारिक एवं समूहहरू निर्माण गरि प्रयोगात्मक र खेल सिकाई पद्धति अवलम्बन गरिएको थियो। तालिममा सहभागीहरूलाई विभिन्न विधामा मूल्याङ्कन गरि उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो।
रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का वर्तमान डिआरआर रोशन कुमार कार्की, प्रशिक्षक नानिकाजी खड्का, प्रदिप धिताल र २०२४/२५ का लागि इलेक्ट डिआरआर दिनेश गैरेले फरक-फरक शिर्षकमा तालिम प्रदान गरेका थिए। आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ लाई फरक र प्रभावकारी ढंगले अगाडि बढाउने र प्रशिक्षकहरूको भूमिकालाई पनि प्रभावकारी बनाउने उद्देश्यले अहिले नै देशभरबाट ४६ जना प्रशिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो।
तालिम कार्यक्रमको सहजीकरण वर्ष २०२४/२५ का लागि रोट्रयाक्ट डिस्ट्रिक्ट तालिम निर्देशक अनुषा घिमिरे नेपाल लगायतले गरेका थिए भने २४/२५ का रोट्रयाक्ट डिस्ट्रिक्ट मिडिया समन्वय अफिसर आविष्कार खनालले यस कार्यक्रमको जानकारी दिएका हुन्।








