हेटौडा/नेकपा (एमाले) थाहा नगरपालिकाको तेस्रो नगर अधिवेशनले सुरेन्द्रमान प्रधानको नेतृत्वमा नयाँ ६७ सदस्यीय नगर कमिटी चयन गरेको छ।
Advertisement
सोमबार सम्पन्न अधिवेशनले प्रधानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यस्तै, कमिटीमा हेमकुमार थिंङलाई उपाध्यक्ष, सुजन रायमाझीलाई सचिव र तुलसा विष्ट तथा सूर्यबहादुर दोङलाई उपसचिवमा चयन गरिएको छ।
चयन भएको नयाँ नेतृत्वले थाहा नगरपालिकाको समग्र विकासमा केन्द्रित भई एमालेलाई अघि बढाउने विश्वास लिइएको छ। प्रधानको नेतृत्वमा नगरपालिकाको बहुआयामिक प्रगतिका लागि नयाँ नेतृत्वलाई पूर्ण विश्वास रहेको स्थानीय कार्यकर्ताहरुले बताएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








