नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ।
Advertisement
तर खानापकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची शुक्रबार साँझ सार्वजनिक गरेको हो।
निगमले विश्व बजारमा घटेको मूल्य र भन्सार महसुलमा कमीलाई मध्यनजर गरी नेपाली बजारमा समेत इन्धनको मूल्य घटाउनुपरेको बताएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







