बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा आज साँझ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
Advertisement
रुकुम पूर्वबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा यस्तो भयावह परिस्थिति सिर्जना भएको हो।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार दुर्घटनामा परी बस सडकबाट करिब तीन सय मिटर तल पुगेको छ।
उनका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी नै छ भने घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।
बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी टोली खटिई अनुसन्धान कार्य भइरहेको समेत निरीक्षक विकले बताए।
दुर्घटनाको कारण र अन्य विवरणबारे केही समयपछि थप विवरण प्राप्त हुने आशा गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








