जेसीआई बसामाडीको आयोजनामा “समय व्यवस्थापन तालिम” सम्पन्न भएको छ।
शनिबार हेटौंडा-८ कमानेस्थित जियो इन्जिनियरिङको सभाहलमा आयोजित तालिममा शाखा अध्यक्ष जेसी उद्धवराज कठायतको सभापतित्वमा अध्यक्ष सल्लाहकार जेसी चिरागअग्रवालको प्रमुख आतिथ्यता रहेको थियो।
Advertisement
कार्यक्रममा प्रोफेसर जेसी सरोज पौडेल प्रमुख तालिम संयोजकको रूपमा सहभागी थिए। वर्ष २०२४ का तालिम आयुक्त जेसी आयुष ढकाल संयोजकको भूमिकामा रहेको तालिममा निवर्तमान अध्यक्ष जेसी जनक भण्डारीलगायत कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
तालिममा समय व्यवस्थापनका विभिन्न पक्ष, महत्व र उपयोगितालगायतबारे छलफल र अभ्यास गरिएको अध्यक्ष कठायतले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








