हेटौंडा/(जेसीआइ) बसामाडीको आयोजनामा चैत्र १२ गते जेसी अभ्यूदय खनालको संयोजकत्वमा हेटौंडा १४ स्थित अनाथ, अपांग बाल पुनर्स्थापना केन्द्रका बालबालिकाहरूका लागि “खाद्यान्न वितरण कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा शाखा अध्यक्ष जेसी उद्धव राज कठायतको सभा-अध्यक्षता तथा जेसीआइ नेपाल बर्ष २०२४ का राष्ट्रिय महासचिव जेसी सरोज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।
Advertisement
मामाघर नेपाल हेटौंडाका संचालक तथा हेटौंडा क्याम्पसका प्रोफेसर अर्पण पराजुली, बालगृहका अध्यक्ष रामहरि कोइराला, कोषाध्यक्ष इन्दिरा सुबेदि, सेवाका लागि युवाका अध्यक्ष बिबस सुबेदि लगायत बोर्डका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








