हेटौंडा/बागमती गाउँपालिका वडा नं ७ मनसाही जरायोटारमा बाघको आक्रमणबाट स्थानीय ६५ वर्षीय रुद्र बहादुर राना मगरका ४ वटा गाई मारिएका छन्।
मनकामना सामुदायिक वनमा चरिरहेका उनका गाईलाई बाघले आक्रमण गरी मारेको हो। सोमबार बिहान ६ बजे उक्त वनमा ४ वटै गाई मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
Advertisement
उक्त जानकारीपछि प्रहरी चौकी झुरझुरेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको निरीक्षणबाट २ वटा गाईको पछाडिपट्टि बाघले आक्रमण गरेको र अन्य २ वटा पूर्णरुपमा मारेको देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








