हेटौंडा उपमहानगरपालिका वडा १५ द्वारा आयोजित अन्तर वडास्तरीय वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको चौथो दिन वडा ८ र वडा १७ ले विजयी सुरुवात गरेका छन्।
गौरीटार रङ्गशालामा भएको पहिलो खेलमा वडा ४ र वडा ८ बिच १-१ गोलको बराबरी भएपछि पेनाल्टी शुटआउटमा वडा ८ ले ३-२ गोल अन्तरले जित हासिल गर्यो। खेलमा वडा ८ का गोलकिपर निकेस भुर्तेल उत्कृष्ट बचाउ गर्न सफल भए र म्यान अफ द म्याच घोषित भए।
Advertisement
त्यसैगरी आज नै भएको दोस्रो खेलमा वडा १७ ले वडा ६ लाई पेनाल्टी शुटआउटमा ५-६ गोलको अन्तरले हरायो। खेलको म्यान अफ द म्याच वडा १७ का सबिन राई घोषित भएका छन।
यस प्रतियोगिताको विजेतालाई उपाधिसहित नगद १ लाख रुपैयाँ तथा उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। फाइनल खेल भने चैत १८ गते हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








