हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नं ७ सुकौरामा रहेको स्वास्थ्य चौकीको एम्बुलेन्स सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
सोमबार बिरामी पुर्याएर फर्कने क्रममा मकवानपुरगढी-७ नरसिंह डाँडामा अनियन्त्रित भएर सडकबाटै तल खसेको एम्बुलेन्स रुखमा अड्किएको थियो। दुर्घटनामा एम्बुलेन्स चालक स्थानीय पेमा रत्न तितुङ गम्भीर घाइते भएका हुन्।
Advertisement
वडा नं ७ का वडासदस्य प्रतिमान रुम्बाका अनुसार बिरामी बोकेर फर्कँदै गर्दा एम्बुलेन्स अनियन्त्रित भई सडकबाट तल खसेको हो। गम्भीर घाइते चालकको हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भैरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








