पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ सिमलधारामा शनिबार बिहान ट्याक्सी त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ज ४१९६ नम्बरको ट्याक्सी सिमलधारामा त्रिशुली नदीमा खसेको हो।
Advertisement
नेपाल प्रहरीका अनुसार दुर्घटनामा ट्याक्सीमा सवार १ बालिका, २ महिला र २ पुरुषको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी नै रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। मृतकको सनाखत र घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको चितवन प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








