हेटौंडा/टिप्परको ठक्करबाट घाइते हेटौंडाका हेटौंडा-१० बसपार्क पिपलबोटमा टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ।
पूर्व-पश्चिम सडकखण्डअन्तर्गत कर्रातर्फबाट बसपार्कतर्फ आउँदै गरेको बा.प्र ०३-००५ प ३५११ नम्बरको स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्र २-०३-००१ ख ६८५४ नम्बरको टिप्परले ठक्कर दिँदा स्कुटर चालक हेटौंडा-११ थानाभर्याङका ५५ वर्षीय भीम बहादुर बिडारीको गम्भीर घाइते भएका थिए।
Advertisement
उपचारका क्रममा शनिबार राति बिडारीको मृत्यु भएको हो। घटनापछि टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
बिडारीको हेटौंडाको चुरेहिल अस्पतालबाट भरतपुर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा नै मृत्यु भएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








