हेटौँडा/ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा दक्ष प्रसुतीकर्मी तालिमको आइतबार उद्घाटन भएको छ। बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दक्ष प्रसुतीकर्मी तालिम केन्द्र तथा एस वि ए तालिम केन्द्रको उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्यमन्त्री श्रेष्ठले उद्घाटन कार्यक्रममा बोल्दै मातृशिशु मृत्युदर न्यूनिकरणमा अन्य प्रदेशको तुलनामा बागमती प्रदेश अगाडी रहेतापनि प्रति लाखमा मातृशिशु मृत्युदर ७५ प्रतिशत हुनु चूनौतिपूणर् रहेको बताउनुभएको छ । सन् २०३० सम्ममा मातृशिशु मुत्युदर ७० प्रतिशतमा घटाउन तालिम प्रभावकारी बन्ने विश्वास लिएको बताउनुभयो । प्राथमिक स्वास्थ्य कार्यलयमा निम्न मध्यम वर्गका जनता जो श्रम गरेर खानुहुन्छ उँहाहरुलाई सेवा दिन स्वास्थ्यकर्मीको महत्वपुर्ण भुमिका भएको मन्त्री श्रेष्ठले बताउनुभयो । तालिममा सहभागिता जनाएका स्वास्थ्यकर्मीले जँहा कार्यरत हुनुहुन्छ त्यहा अर्को जनशक्ति तयार गर्न निर्देशन दिनुभयो ।
मातृशिशु मृत्युदर घटाउन र दक्ष प्रसूतिकर्र्मी उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा दक्ष प्रसूतिकर्र्मी (एसबीए) तालिम केन्द्र स्थापना गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य तालिम केन्द्र काठमाडौंको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनमा आवासीय सुविधा सहितको तालिम केन्द्र राखिएको छ ।
६० दिनसम्म चल्ने तालिममा बागमती प्रदेशका तीन जिल्लाका ८ जना स्वास्थ्यकर्र्मी सहभागि भएका छन । प्रतिष्ठानका रजिष्टार एवम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका सचिव दिपक तिवारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र झा, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्याल लगायतको उपस्थिती थियो ।








