नेपाली युवाहरूको अग्रणी संस्था राष्ट्रिय युवा संघ नेपालको ३५औं स्थापना दिवसको अवसरमा मकवानपुर जिल्लामा विभिन्न कार्यक्रम गरिएको छ।
मकवानपुर जिल्ला कमिटीले दीप प्रज्ज्वलन तथा जनआन्दोलनका घाइते युवा गोकर्ण तिवारीलाई सम्मान गरेको छ। कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मदन दाहाल, युवा संघका केन्द्रीय नेता सन्तोष चौलागाईं लगायतको उपस्थिति रहेको थियो। 
यसैगरी, हेटौँडा उपमहानगर कमिटीले ओम बृद्धाश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरूलाई फलफूल तथा खाद्यान्न वितरण गरेको छ। कमिटीले बृद्धाश्रममा दाल, चामल, नुन, तेललगायत खाद्यान्न र फलफूल उपलब्ध गराएको हो। 
कार्यक्रममा संघका बागमती प्रदेश कोषाध्यक्ष नरेन्द्र भण्डारी, जिल्ला संयोजक राजेश नगरकोटी लगायतको उपस्थिति रहेको थियो। युवा संघले स्थापना दिवसको अवसरमा परोपकारको भावना सहित बृद्धाश्रममा राहत पुर्याएको र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न खोजेको बताइएको छ।
राष्ट्रिय युवा संघको स्थापना दिवसः जनआन्दोलन घाइतेलाई सम्मान, बृद्धाश्रममा राहत
राष्ट्रिय युवा संघको स्थापना दिवसः जनआन्दोलन घाइतेलाई सम्मान, बृद्धाश्रममा राहत
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








