
ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार दुर्घटनामा परेको छ ।
मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित कान्तिलोकपथ सडकखण्डमा ग३च ९४७५ नम्बरको कार आज बिहान करिब ७:३० बजे दुर्घटना भएको छ।
कार सडकबाट अन्दाजी ५०० मिटर तल खसेको छ। दुर्घटना परेको कारमा सवार तीन जना अचेत अवस्थामा रहेका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।
Advertisement
दुर्घटनाको कारण र अन्य विवरणबारे अहिले थप जानकारी आउन बाँकी
रहेको भण्डारीले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








