मकवानपुर जिल्लामा पोलियो बिरुद्धको आइ.पी.भी. खोप अभियान सुरु भएको छ। जिल्लास्तरीय सुभारम्भ कार्यक्रम राक्सिराङ गाउँपालिकास्थित सुर्योदय माविबाट शुभारम्भ भएको छ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले प्रमुख आतिथ्यता भएको थियो भने राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको छ। त्यस्तै अतिथिहरूमा स्वास्थ्य निर्देशक दिपक तिवारी, महाशाखा प्रमुख डा. खगेश्वर गेलाल, लगायत विभिन्न निकायका प्रतिनिधि सहभागी थिए।
कार्यक्रममा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न अभिभावकलाई आग्रह समेत गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि लगायतले स्वास्थ्यकर्मीहरूलाई भ्याक्सिन क्यारियर, एइएफआई किट र खोप लगाउने सिरिञ्ज हस्तान्तरण गरी अभियानको सुभारम्भ गरेका थिए। त्यसैगरी करिब एक सय लक्षित बालबालिका रहेको खोप केन्द्रको समेत अवलोकन गरिएको थियो।
उक्त कार्यक्रमको सञ्चालन खोप फोकल पर्सन बासुदेव रिमालले गरेका थिए।