हेटौंडा उपमहानगरपालिकाले हेटौंडा सामुदायिक आँखा अस्पताललाई आँखाको पर्दा जाँच गर्ने ‘फन्डस क्यामेरा’ प्रदान गरेको छ।
आज एक कार्यक्रम बीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले १९ लाख रुपैयाँ मूल्य पर्ने उक्त मेसिन हस्तान्तरण गरेकी हुन्।
उपमहानगरले १७ लाख र अस्पतालले २ लाख रुपैयाँ लागत व्यहोरेर उक्त मेसिन खरिद गरिएको हो। अस्पतालका प्रमुख डा. सुनिल थकालीका अनुसार उक्त मेसिनले ५० वर्षभन्दा माथिका बिरामीहरूलाई सुगर, प्रेसर
हेर्न विशेष सहयोग पुग्ने बताएका छन् ।
Advertisement
रंगिन फोटो निकाल्न सक्ने उक्त मेसिनले जलविन्दु, मोतिबिन्दुलगायत आँखाका रोगहरू पहिचान गर्न सहज हुने बताइएको छ।
हेटौंडा सामुदायिक आँखा अस्पतालमा मकवानपुरसहित बारा, पर्सा, रौतहटलगायत क्षेत्रबाट बिरामीहरू आउने गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








