हेटौंडामा आयोजित कृष्ण सेन ‘ईच्छुक’को २२औं स्मृति दिवस कार्यक्रमका अवसरमा २७ जना पत्रकार पुरस्कृत र सम्मानित भएका छन्।
कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्ट र नवराज शर्मा तिमल्सिनालाई समर्पण गरिएको थियो भने प्रेस सेन्टर मकवानपुरले संस्थापक अध्यक्ष स्व. कौशल पाण्डेको स्मृतिमा स्थापित ‘कौशल पाण्डे जनपक्षीय पत्रकारिता पुरस्कार’ महेश्वर दाहाललाई प्रदान गरिएको थियो।
यसैगरी, उत्कृष्ट पत्रकारिता पुरस्कार रोशन पराजुली, मोहनमान साँगामी, भानुभक्त आचार्य, कलमचन्द्र सुमन र सुवर्णलाल श्रेष्ठलाई प्रदान गरिएको थियो। त्यस्तै क्रियाशील पत्रकारिता पुरस्कार राजन दाहाल, एमपी शर्मा, सरला अधिकारी, सुबास बिडारी र प्रतिक्षा न्यौपानेलाई दिइयो।
कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरूलाई सम्मानित गर्दै प्रदेश सरकारलाई सकारात्मक सहयोग गरिरहन धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले पत्रकारहरूसँग निरन्तर खबरदारी गर्ने अपेक्षा समेत रहेको बताउनुभयो।
त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत पत्रकारहरु रञ्जिता डंगोल, रुपा गुरुङ र मनिता दानीलाई सुत्केरी भत्ता प्रदान गरिएको छ ।
कार्यक्रममा प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापाको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा भएको थियो।
प्रेस सेन्टर नेपाल मकवानपुरद्वारा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार संस्थाका पत्रकार तथा सञ्चारकर्मी, राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तित्वहरू सहभागी थियो।








