मकवानपुरको मनहरी गाउँपालिका-२ स्थित ट्याङ्की दमारमा मंगलबार बिहान आएको हावाहुरीका कारण एक युवाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय २२ वर्षीय राम बहादुर गोले आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा अचानक आएको हावाहुरी र पानीका कारण रुखको हाँगा भाँचिएर लाग्दा घटनास्थलमै निजको मृत्यु भएको हो।
Advertisement
घटनास्थलबाट गोलेको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








