५२ औं विश्व वातावरण दिवसको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकामा प्रभातफेरी र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ।
गाउँपालिकाको आयोजनामा मनहरी-९ रजैयास्थित अग्निहोत्राश्रमबाट सुरु भएको प्रभातफेरी रजैयाचोक हुँदै लामिटार सभाहलसम्म पुगेको थियो। प्रभातफेरीमा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीसहित जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो।
Advertisement
प्रभातफेरीपछि सभाहल वरिपरि विभिन्न प्रजातिका विरुवा रोपिएका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले वातावरण जोगाउनु नागरिकको दायित्व रहेको बताए। विरुवा रोप्नुका साथै जोगाउन पनि आवश्यक रहेको उनको भनाई थियो।
यस अवसरमा मनहरीमा ४५० वटा विरुवा रोपिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








