सरकारले हेटौंडा सिमेन्ट उद्योगको नयाँ अध्यक्षमा हेटौंडाका युवा व्यवसायी नरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले भण्डारीलाई उद्योगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि गणेशप्रसाद भेटवालको निधनपछि रिक्त रहेको अध्यक्ष पदमा भण्डारी नियुक्त भएका हुन्।
Advertisement
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन निर्देशिका, २०७८ अनुसार नियुक्त भएका भण्डारी अन्तर्वार्तामा सर्वाधिक अंक प्राप्त गर्ने उम्मेदवार थिए।
विगत ५ वर्षदेखि घाटामा रहेको हेटौंडा सिमेन्ट उद्योगले अवकाश प्राप्त कर्मचारीको उपदान भुक्तानी गर्न समेत रकम बाँकी छ। कर्मचारीहरुले उद्योगमा निरन्तर धर्ना दिँदै आएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








