मकवानपुर जिल्लामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले चुस्त, दुरुस्त र गुनासोरहित सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
आज हेटौँडामा पत्रकारहरूसँग कुराकानी गर्दै चिलुवालले सेवा प्रवाहलाई गुनासो रहित सेवालाई अगाडि बढाउने बताएका छन्। सहकार्य गरेर अगाडि बढ्ने र पत्रकारहरूलाई पनि खबरदारी गर्न आग्रह गरेका छन्।
शुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउँदै चिलुवालले राष्ट्रिय परिचयपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यता न्यूनीकरण गर्दै लैजाने बताएका छन्। कर्मचारी अभाव रहेको उल्लेख गर्दै उनले ट्राफिक व्यवस्थापनका विषयमा पनि थप जानकारी लिने बताए।
उक्त कार्यक्रममा प्रशासकीय अधिकृत गुणराज न्यौपाने लगायत पत्रकारहरूको सहभागिता रहेको थियो। चिलुवालले सेवाग्राही नागरिकलाई चुस्त, दुरुस्त र गुनासोरहित सेवा प्रदान गर्न प्रतिबद्धता जनाएका छन्।








